Saturday, June 3, 2017

सुध्रेन शिक्षा, स्वास्थ्य

प्रस, रङ्गपुर, २० जेठ/
सखुवा परसौनी गाउँपालिका–२ 
परसौनी टोलका उपभोक्ताहरूले पत्रकार सम्मेलन गरी जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपलब्ध गराएको धारा जडान कार्यमा उपभोक्ता समितिका अध्यक्ष मोहन चौधरीले नै अनियमितता गरेको आरोप लगाएका छन् ।
उपभोक्ता समितिका मन्दोदरी देवी राम, हीरालाल महतो, भूटन सहनी, रामनाथ मासी, चन्दर पासवान, रामबालक पडित, जगन्नाथ पासवान, सनोज साह, रघुनाथ पासवान र कमल हजराको घरमा चापाकल जडान गर्दा अध्यक्ष चौधरीले अनियमितता गरेको बताए ।
सरसफाइ डिभिजन कार्यालयले गत वर्ष १७ वटा र यस वर्ष ३१ वटा 
चापाकल वितरण गरेकोमा अध्यक्ष चौधरीले चापाकल जडान गरिएको घरपरिवारसँग जनही ३ हजारको 
दरले रकम असुल गरेको उपभोक्ता समितिका सदस्यहरूले आरोप लगाएका छन् ।
यस वर्ष ३१ वटा धारामध्ये १० वटा जडान भएको र सबैसँग रु ३ हजारको दरले रकम लिएको उनीहरूको भनाइ थियो ।
पत्रकार सम्मेलन स्थानीय बलराम दलित थारूको अध्यक्षतामा भएको थियो । 
घटनाबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्साका ओभरसियर हरेन्द्र दाससँग बुझ्दा उनले लक्षित वर्गको लागि निश्शुल्क धारा जडान कार्यक्रम भएको र त्यसमा शुल्क लिने कुरै नभएको बताए । उनले कसैले शुल्क लिए वा दिएबारे आपूmलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।


SHARE THIS

Author:

वीरगंजका प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका ।

0 comments: